बैतडीः कोरोनाका कारण एक जनाको मृत्यु , सक्रमितको सङ्ख्या ४ सय ३ पुग्यो
असोज- १०/ बैतडीमा कोरोना संक्रमितको सङख्या ४ सय ३ पुगेको छ । शनिबार दुइ जनामा कोरोना पुष्टि भएसंगै जिल्लामा कोरोना सक्रमितको सङख्या ४ सय ३ पुगेको हो ।शनिबार जिल्ला अस्पताल बैतडी र डडेलधुरा प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको हो ।
बैतडीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ जनाको पिसिआर परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बैतडीका मेडिकल रेकर्डर मोहनसिंह ठगुन्नाले जानकारी दिनुभयो । पुष्टि हुनेमा बैतडीको पञ्चेश्वर गाउँपालिका ४ का २० वर्षीय पुरुष रहेका छन ।
यस्तै डडेल्धुरा प्रायेगशालमा भएको परीक्षणमा पुर्चौडी नगरपालिका वडा नं ३का ३० वर्षिय मृत्युबरण गरेका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भारतको बैंग्लोरबाट फर्किएका ती पुरुष पुर्चौडीकै लामाधारमा मृत भेट्टिएपछि शनिबार स्वाँब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । हाल सम्म बैतडीमा ४ सय ३ जनामा कोरोना पुष्टि भएको छ भने १ जनाको मृत्यु भइसेकको छ ।