बैतडीमा नेकपा (एस)को सबै वडा कमिटि सहित सिंगो पालिका कमिटि एमालेमा प्रवेश

बैतडी–फागुन २१/  बैतडीमा नेकपा एकीकृत समाजवादीको सम्पुर्ण वडा कमिटिहरु सहित सिंगो पालिका कमिटि नेकपा एमालेमा प्रवेश गरेको छ । जिल्लाको शिवनाथ गाउँपालिकामा नेकपा (एस) को सिंगो पालिका कमिटिले एमाले प्रवेश गरेको हो । नेकपा एमालको “घर फर्क अभियान ” अन्तर्गत शनिवार गाउँपालिकामा आयोजित नेकपा एमालेको पालिका स्तरीय अगुवा कार्यकर्ता भेलामा पालिकाका ६ वटै वडाहरुका वडा कमिटिका पदाधीकारी र सिंगो पालिका कमिटिका पदाधीकारीहरुले एमाले प्रवेश गरेको नेकपा एमाले दशरथचन्द नगरपालिकाका नगर कमिटि सचिव मनोज बोहराले जानकारी दिनुभएको छ ।

 

    पार्टी प्रवेश गर्नेहरुमा तीन जना निर्वाचित वडाध्यक्षहरु र १२ जना वडा सदस्यहरु लगायतका रहेका छन् । एकीकृत समाजवादीबाट एमाले प्रवेश गर्ने वडाध्यक्षहरुमा शिवनाथ गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष एबंम नेकपा (एस)का प्रदेश कमिटि सदस्य हजारी साउँद, वडा नम्बर ३ का वडाध्यक्ष बिर बहादुर साउँद र वडा नम्बर १ का वडाध्यक्ष करन राम पार्की रहेका छन् । उनीहरु लगायत वडा सम्पुर्ण वडा कमिटिका पदाधीकारीहरु गरी नेकपा (एस)बाट १ सय ५६ जनाले एमाले प्रवेश गरेका हुन् । उनीहरु सबैले हजारी साउँदको नेतृत्वमा नेकपा (एस) परित्याग गरी एमाले प्रवेश गरेका हुन् ।

    यस्तै सोही कार्यक्रममा नेपाली काङग्रेस परित्याग गरी २६ जनाले एमाले प्रवेश गरेका छन् । नेपाली काङग्रेसबाट पार्टी प्रवेश गर्नेहरुमा नेपाली काङग्रेसबाट निर्वाचित वडा नम्बर ४ का वडा सदस्य पाना तिरुवा लगायत रहेका छन् । नेकपा एमालेका शिवनाथ गाउँ कमिटि अध्यक्ष महेन्द्र बहादुर चन्दको अध्यक्ष तथा नेकपा एमालेका केन्द्रिय सदस्य एबंम बैतडी जिल्ला सह–ईन्चार्ज लीलाधर भट्टको बिशिष्ट आतिथ्यतामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो । यस्तै कार्यक्रमका शिबिष्ट अतिथि नेकपा एमालेका सुदुरपश्चिम प्रदेश अध्यक्ष एबंम सघिंय सांसद दामोदर भण्डारी र नेकपा एमालेका नेता भरत मडै रहनु भएको थियो । पार्टीमा नव प्रवेशीहरुलाई अबिर र फुमाला लगाएर स्वागत गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.