बाजाँगाजा सहित पुर्चौडीको कुवाकोटमा माओवादीको वडा भेला सम्पन्न

बैतडी–फागुन १९/ माओवादीको आधार किल्लाका रुपमा रहेको बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ५ कुवाकोटमा नेकपा माओवादी केन्द्रको वडा भेला सम्पन्न भएको छ । बिहिवार संयौ कार्यकर्ताहरुको उल्लेख्य सहभागीतामा बाजाँगाजा र बिबिध सास्कृतिक कार्यक्रम सहित वडा भेला सम्पन्न भएको अखिल क्रान्तीकारीका प्रदेश कमिटि सदस्य हर्क कुवँर दुर्गेशले जानकारी दिनुभएको छ । माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष गजेन्द्र बहादुर कुवँर (रक्तीम)को अध्यक्षता तथा पुर्चौडी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष एबंम माओवादी केन्द्रका नेता शैलेन्द्र धानुक ( शिदार्थ)को शिबिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको शिबिष्ट अतिथि जिल्ला सचिवालय सदस्यहरु अक्कल बहादुर कवँर (अटल), दमन बहादुर कुवँर (आर्दश) र राम बहादुर कुवँर (अम्रित) रहनु भएको थियो । अतिथिहरुमा वडा नम्बर ५ का वडा अध्यक्ष एबंम माओवादी केन्द्रका नेता नागी सिह खडायत लगायतका रहनु भएको थियो ।

    वडा भेलाले आसन्न स्थानिय तहको निर्वाचनमा केन्द्रित भएर कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । यस्तै भेलाले पार्टीका बिभिन्न जनबर्गीय संगठनका संयोजकहरु तोकेको छ । भेलाबाट शिक्षक संगठनको संयोजकमा गणेश बहादुर कुवँर, विद्यार्थी संगठनको संयोजकमा दीपक कुवँर, वाईसियलको संयोजकमा डम्बर बोहरा, महिला संगठनको संयोजकमा जयन्ती कुवँर, दलीत संगठनको संयोजकमा ठगेन्द्र लुहार, किसान संगठनको संयोजकमा गजेन्द्र बोहरा र पुर्ब जनमुक्ती सेनाको संयोजकमा मदन कुवँर चयन चएका छन्।

    यस्तै जन सास्ंकृतिक महासंघको संयोजकमा रमेश पार्की, जेष्ठ कम्युनिष्ट मञ्चको संयोजकमा मनुवा बोहरा, सहिद परिवार समाजको संयोजकमा मान सिह बोहरा, सञ्चार समिति संयोजकमा राम प्रसाद पन्त र धामी क्राकी पन्ना पुजारी समाजको संयोजकमा हरि राज पन्त चयन भएका छन् । यस्तै वडा भेलामा नेकपा एमाले र नेपाली काङग्रेस परित्याग गरी एक दर्जन बढी कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.