धामीगाउँबाट कार्य सञ्चालन गर्न डिलाशैनीलाई प्रशासनको पत्र

बैतडी–फागुन १६/ जिल्ला प्रशासन कार्यालय बैतडीले डिलाशैनी गाउँपालिकालाई पत्र लेख्दै सम्पुर्ण काम काज वडा नम्बर ७ को धामीगाउँबाट सञ्चालन गर्न पत्र लेखेको छ । सोमवार कार्यालयका प्रशासकिय अधिृकत खगेन्द्र भारतीलेसंघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको पत्राचार अनुसार धामीगाउँबाटै गाउँ पालिकाका कार्यहरु सञ्चालन गर्न गाउँपालिकालाई पत्राचार गरेका हुन् । शुक्रवार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिव स्तरीय निर्णय बमोजिम गाउँपालिकाको केन्द्र वडा नम्बर ७ कै धामीगाउँमा राख्न र सबै कार्यहरु धामीगाउँबाटै सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयलाई समेत बोधार्थ गर्दै पत्र लेखेको थियो । राज्य पुर्नसंचरना आयोगले धामीगाउँमै केन्द्र तोकेर नेपाल राजपत्रमा समेत प्रकाशन भईसकेको अवस्थामा वडा नम्बर ३ को पंसेरामा केन्द्र सार्न खोजिए पछि केन्द्रको बिषय विबादित बन्दै आएको थियो । राजनितिक पहुँचको आडमा केन्द्र सार्न खोजिएको बन्दै आन्दोलन हुँदै आएको थियो । २०७७ साल मंसिर २१ गते गाउँपालिकाको केन्द्र वडा नम्बर ७ बाट वडा नम्बर ३ मा हेरफेर गर्नका लागी मन्त्रिपरिषदमा प्रस्ताव पेश गरिएकोमा गते गत जेठ ३१ गते सरकार फेरबदल भएका कारण उक्त प्रस्तावमा छलफल नभएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.