बैतडीमा राजनितिमा सक्रिय हुन शिक्षकले दिए राजीनामा
बैतडी–फागुन १४/ बैतडीमा राजनितिमा सक्रिय हुन एक शिक्षकले राजीनामा दिएका छन् । जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ७ को भुवनेश्वर माध्यमिक विद्यालयका शिक्षक अम्मर बहादुर कवँरले राजनितिमा सक्रिय हुन राजीनामा दिएका हुन् । सरकारले अगामी बैशाख ३० गते स्थानिय तहको निर्वाचनको मिति घोषणा गरेसंगै कुवँरले सक्रिय रुपमा राजनितिमा लाग्न राजीनामा दिएको जनाईएको छ । यस अघि गत स्थानिय तहको चुनावमा पनी उनी वडा अध्यक्षको उम्मेदवार बन्ने चर्चा चलेको थियो । तर अहिले उनले नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका लागी चुनाव लड्ने बताईएको छ । १८ बर्षदेखि शिक्षण पेशामा लागेका उनले राजीनामा दिए पछि विद्यालयले उनको बिदाई गरेको छ ।