मानव अधिकार समुह पाटनले ग¥यो सार्वजनिक सुनुवाई कार्यक्रम

बैतडी–फागुन ०९/ बैतडीको पाटन नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक)को सहयोग तथा मानव अधिकार समुह पाटन नगरपालिकाको आयोजनामा सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बिगतमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धि उठेका सवालहरुको बारेमा छलफल गरिएको मानव अधिकार समुह पाटन नगरपालिका अध्यक्ष कृष्ण सिह महराले जानकारी दिनुभएको छ । तीन बर्ष अगाडी उठेका बिभिन्न सवालहरु अहिले केही हदसम्म सुधार भएको पाईएको छ । शिक्षा सम्बन्धी विद्यार्थी अनुपातमा दरबन्दी नहुनु, विद्यालयमा खानेपानी, शौचालय तथा घेर पर्खालको उचित प्रबन्ध नहुनु, प्रयाप्त मात्रामा औषधी तथा उपकरणको अभाव, गाउँघर क्लिनिक नहुँनु, बजार अनुगमन नहुँनु, पसलहरुमा मुल्य सुचि नहुँनु, जनता आवास कार्यक्रम पहुचका आधारमा वितरण गरिनु र मुक्त हलियाहरुको न्यायिक पुर्नस्थापना नहुँनु लगायतका सवालहरु उठेकोमा अहिले नगरपालिकाबाट धेरै हदसम्म सुधार तथा सुनुवाई भएको पाईएको ईन्सेक बैतडीकी सहजकर्ता निशा भट्टले बताएकी छन् । मानव अधिकार समुह पाटन नगरपालिका अध्यक्ष महराको अध्यक्षता तथा पाटन नगरपालिकाका प्रमुख केशब बहादुर चन्दको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जनप्रतिनिधि, नगरपालिकाका बिभिन्न बिषयगत शाखाका प्रमुख एबंम प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, सरोकारवाला संघ संस्थाका प्रतिनिधि एबंम उपभोक्ताहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण मानव अधिकार अनुगमन समिति बैतडीका अध्यक्ष प्रेम सिँह भाटले गर्नुभएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.