दनपा ९ र ११ मा नेकपा (एकीकृत समाजवादी)को वडा कमिटि गठन
बैतडी–फागुन ०८/ नेकपा (एकीकृत समाजवादी) बैतडीले जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ९ र वडा नम्बर ११ मा वडा कमिटि गठन गरेको छ । आईतवार सुदुरपश्चिम प्रदेश सरकारकी पुर्ब पर्यटन,वन तथा बातावरण मन्त्री तथा नेकपा (एकीकृत समाजवादी) नेतृ माया भट्टको प्रमुख आतिथ्यतामा यी २ वडाहरुमा कमिटि गठन गरिएको हो । कार्यक्रमका बिशिष्ट अतिथि जिल्ला अध्यक्ष महादेव भट्ट रहनुभएको छ । वडा नम्बर ९ मा हंस राज जोशीको सभापतित्वमा बसेको बैठकलले खेम राज जोशीको अध्यक्षतामा ३० सदस्यीय वडा कमिटि गठन गरेको समाजवादी प्रेस संगठन बैतडीका संयोजक चन्द्रमुस्कान जोशीले जानकारी दिनुभएको छ । यस्तै वडा नम्बर ११ मा धन बहादुर चन्दको सभापतित्वमा बसेको बैठकले मनि राज पन्तको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटि गठन गरेको छ । स्थानिय तहको निर्बाचनको मिति नजिकएसंगै (एकीकृत समाजवादी)ले बैतडीमा संगठन विस्तारको कार्यलाई तिब्रता दिएको छ । बाँकी रहेका वडाहरुमा पनी फागुन १५ गतेभित्र वडा कमिटि गठन गरिसक्ने जिल्ला अध्यक्ष महादेव भट्टले जानकारी दिनुभएको छ ।