बैतडीः पहिरोबाट बिस्थापित परिवारलाई आर्थिक सहयोग

असोज- १० /प्रवासमा रहेका बैतडीका युवाहरुले सुर्नया गाउँपालिका वडा नम्बर ५ मडैगाँउका पहिरोले बिस्थापित परिवारहरुलाई आर्थिक सहयोग गरेका छन । गाउँपालिकाको वडा नम्बर ५ स्थायी घर भई हाल कामको शिलशिलामा भारत तथा तेस्रो मुलुकमा रहेका युवाहरुले मडै गाउँका पहिरो बिस्थापित ३ परिवारलाई आर्थिक सहयोग गरेका हुन ।

बर्षातको समयमा घरमाथीबाट पहिरो खसेर बिस्थापित भएका मडैगाउँका बिर बहादुर मडै, केशब मडै र दिनेश मडैको परिवारलाई विदेशमा रहेका युवाहरुले आर्थिक संकलन गरेर पठाएको १ लाख ३१ हजार ७ सय रहकम शनिबार हस्तान्तरण गरिएको गाँउपालिका उपाध्यक्ष लीला बिष्टले जानकारी दिनुभयो ।

उहाका अनुसार पहिरो बिस्थापित परिवारलाई विदेशमा रहेका निरन्जन बिष्ट, देब बहादुर मडै, सुरेन्द्र मडै र भान सिह भण्डारीको पहलमा आर्थिक संकलन गरि सहयोग गरिएको हो । पहिरोबाट बिस्थापित बिर बहादुर मडैलाई १ लाख २ हजार ७ सय, केशब मडै र दीनेश मडैलाई १५÷१५ हजारका दरले नगद हस्तान्तरण गरिएको गाउपालिका उपाध्यक्ष बिष्टले बताउनुभयो ।

विदेशमा रोजागरि गरिरहेका युवाहरुले संकलन गरेर पठाएको रकम पाउँदा पहीरो बिस्थापित परिवाहहरुले खसिभएका छन । भोक प्यास नभनि नौकरि गरिरहेका युवाहरुले आफुहरुका लागि ठुलो आर्थिक सहयोग गर्दा खुसि व्यक्त गर्दै पहिरोबाट बिस्थापित बिरबहादुर मडैले युवाहरुलाई धन्यवाद दिएका छन । गत भदौ ४ गते घर माथिबाट खसेको पहिरोका कारण वडा नं ५ मडै गाउँका बिर बहादुर मडै , दिनेश मडै र केसव बहादुर मडैको घरपरिवार विस्थापित भएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.