बैतडीमा वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न, उपाधि आयोजक देहीमाण्डौलाई

बैतडी–फागुन ०१/ बैतडीको दशरथचन्द नगरपालीकामा वडास्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । नगरपालीकाको वडा नम्बर २ को निगंलाशैनी खेल मैदानमा बडा कार्यालय र देहिमाण्डौ बजार ब्यबस्थापन समितिको आयोजनामा माघ २८ गतेदेखि जारी प्रतियोगिता आईतबार सम्पन्न भएको हो । जारी प्रतियोगितामा आयोजक देहीमाण्डौले प्रथम स्थान हासिल गर्दै उपाधि हात पारेको आयोजक टिमका सदस्य दिपेन्द्र बोहराले बताउनु भयो । यस्तै वाड नंं.६ थालीगडा उपविजेता बनेको छ । प्रथम स्थान हासिल गरेको आयोजक देहीमाण्डौले १५ हजार रुपैया नगत सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको थालीगडाले ७ हजार रुपैया ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै वाड नं. ८ त्रिपुराले तृतीय स्थान हासिल गरेको छ । उसले २ हजार ५ सय रुपैया, र प्रमाणपत्र प्राप्त गरेको छ भने खेलका उत्कृष्ट खेलाडी आयोजक टिमका खेलाडी प्रेम चन्द भएको बोहराले बताएका छन् । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.