दनपा ९ को वडा कार्यालयलाई माओवादीको ज्ञापन पत्र

बैतडी–फागुन ०१/ नेकपा माओवादी केन्द्रले बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ९ को वडा कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । आईतवार माओवादी केन्द्र वडा कमिटिले बिभिन्न मागहरु राख्दै वडा कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो । वडा कमिटि अध्यक्ष चन्द्र देव जोशीद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा तत्काल वडा कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम गर्न माग गरिएको छ । चार बर्षसम्म पनी वडा कार्यालयले वडाको बार्षिक सार्वजनिक सुनुवाई नगरेकाले तत्काल सार्वजनिक सुनुवाई गर्न माग गरिएको छ । यस्तै वडा कार्यालयले ५ बर्षसम्म गरेका सबै साना–ठुला योजनाहरुको सुचि उपलब्ध गराउन, वडा भित्रका सामुदायीक विद्यालयले लगाएको शुल्क ५० प्रतिशत कम गर्न र वडा भित्र काटिएका सडकहरु मर्मत सहित सञ्चालनमा ल्याउन र सुधार गर्न ज्ञापन पत्र मार्फत माग गरिएको छ । साथै ज्ञापन पत्र मार्फत उल्लेखित मागहरु यथास्रिघ पुरा गर्न माग गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.