बैतडीः सुर्नया भित्रका बजार अनुगमन, १ लाख बढीका अखाद्य बस्तु नष्ट

बैतडी–असोज १०/  बैतडीको सुर्नया गाँउपालिका भित्रका बिभिन्न बजारहरु अनुगमन गरिएको छ । कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री विक्रि वितरणमा रोक लगाउन र उपभोक्ता अधिकारका बिषयमा जानकारी दिने उदेश्यले  बजार अनुगमन गरिएको  खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्ण दत्त लेखकले जानकारी दिनुभयो ।

उपभोक्ताहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै घरेलु तथा साना उद्योग बिकास समितिको संयोजकत्वमा बजार अनुगमन गरिएको गरिएको थियो ।  असोज ७ गतेबाट लगातार ३ दिनसम्म बजारहरु अनुगमन गरी १ लाख भन्दा बढी मुल्य बराबरका अखाद्य बस्तुहरु बरामद गरी नष्ट गरिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख  लेखकले जानकारी दिनुभयो ।

लामो समय कोरोना महामारिका कारण बजारहरु बन्द हुदा अहिले दशैको मुखमा आएर अखाद्य बस्तुहरुको बिक्री बितरण हुन सक्ने भन्दै बजार अनुगमन गरिएको हो । असोज ७ गते सतबाज, धर्मघर लगायतका बजारहरु अनुगमन गरी ६ हजार १ सय ६० मुल्य बराबरका म्याद नाघेका र लेबल नभएका अखाद्य बस्तुहरु बरामद गरि नष्ठ गरिएको सुर्नया गाउँपालिका उपाध्यक्ष लिला बिष्टले जानकारी दिनुभयो । यस्तै असोज ८ गते दोस्रो दिन ढोल्यामोड, बाजाखानी, दुदीलाखान र मुसे लगायतका बजारहरु अनुगमन गरी ६६ हजार ६ सय ५० मुल्य बराबरका म्याद नाघेका र लेबल नभएका अखाद्य बस्तुहरु बरामद गरि नष्ठ गरिएको छ ।

यस्तै असोज ९ गाँउपालिका भित्रका सप्याबिप्या कटाल, सन्सेरीमाँण्डौ, कट्यागौडा लगायतका बजारहरु अनुगमन गरी २८ हजार ९ सय १० मुल्य बराबरका अखाद्य समानहरु बरामद गरी नष्ट गरिएको छ । बिभिन्न मदिरा पसल, किराना पसल तथा होटलहरुमा अनुगमन टोलीले अनुगमन गरेको हो । सुर्नया गाँउपालिका, खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग बिकास समिति र जिल्ला प्रशासन कार्यालयले संयुक्त बजार अनुगमन गरेको हो । यस्तै जिल्लाका अन्य बजारहरुमा पनी दशै अगाबै बजार अनुगमन गरीसक्ने लक्ष्य रहेको अनुगमन टोलीले जानकारी दिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.