बैतडीमा तीन महिनादेखि राहदानी सेवा बन्द, सेवाग्राही समस्यामा
बैतडी–माघ २८/ बैतडीमा तीन महिनादेखि राहदानी सेवा बन्द हुँदा सेवाग्राहीहरु समस्यामा परेका छन् । बिद्युतीय राहदानी जारी गर्ने कार्यका लागी तयारी गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले मंसिर ३ गतेदेखि एमआरपि पासर्पोट वितरण गर्ने कार्य बन्द गरेको छ । लामो समयसम्म पनी बिद्युतीय राहदानी जारी गर्ने प्रणाली जडान नहुँदा बिदेश जाने तयारीमा रहेका जिल्लाका नागरिकहरु समस्यामा परेका छन् । अत्यन्त जरुरी भई कारण र प्रमाण सहित आएका सेवाग्राही बाहेक अन्य राहदानीको दु्रत सिफारिस र साधारण राहदानी फारम संकलन गर्ने कार्य मंसिरदेखि बन्द रहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सुचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभएको छ । सरकारले प्रत्येक जिल्ला प्रशासन कार्यालयहरुबाट बिद्युतिय राहदानी वितरण गर्ने रणनिति लिए पनि उक्त प्रणाली जडानका लागी प्राबिधिक टोली नआउदा ढिलाई भएको सुचना अधिकारी भारतीले बताउनुभयो । जसका कारण सेवाग्राहीले समस्या झेलिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अहिले सुदुरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा मात्रै बिद्युतीय राहदानी वितरण भईरहेको छ ।