बैतडीमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि !
बैतडी-बैतडीमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार पिसिआर र एन्टीजेन विधिबाट गरिएको परिक्षणमा थप ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
सोमबार कोरोना संक्रमण पुष्टि हुनेमा दशरथचन्द नगरपालिकाका १० जना, पाटन नगरपालिकाका २२ जना, पुर्चौडी नगरपालिकाका २ जना, मेलौली नगरपालिकाका ८ जना, शिवनाथ गाउँपालिकाका २ जना र अन्य जिल्लाका १ जना गरि कुल ४७ जना रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
थप ४७ जनामा कोरोना संक्रमणा पुिषट भएसंगै बैतडीमा कोरोनाका सक्रिय संक्रिमतको संख्या २ सय ७८ पुगेको छ ।