प्रदेश सांसद भट्टले गरे कृष्ण माबिमा निर्मित छात्रावासको उद्घाटन
बैतडी–माघ १७/ बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ मा रहेको कृष्ण माबिमा निर्मित छात्रावासको उद्घाटन गरिएको छ । छात्रावासको सोमवार सुदुर पश्चिम प्रदेशसभा सदस्य प्रेम प्रकाश भट्ट (आदित्य) ले उद्घाटन गर्नुभएको हो । प्रदेश सरकारको ७५ लाखको लगानीमा अर्चना निर्माण सेवाले छात्रावासको निर्माण गरेको हो । विद्यालयमा ८ कोठे छात्रावास निर्माण भए पछि छात्राहरुलाई निकै सहज हुने पाटनका स्थानिय एबंम समाजसेवी कमल बोहराले बताउनुभयो । अध्ययनका लागी पाटनमा कोठा गरेर बस्दा निकै महंगी रहेकोमा अब विद्यालयमै छात्रावास निर्माण भए पछि सजिलो हुने उहाँको भनाई छ । सुरक्षाको दृष्टिकोणले पनी छात्राहरुलाई छात्रावासको बसाई सुरक्षित हुने भएको छ ।