शहीद दिवस बैतडीमा पनि मनाइयो

बैतडी– बैतडीमा पनि शहीद दिवस मनाइएको छ । शहीद दशरथचन्दको जन्मभुमि बैतडीमा पनि विभिन्न कार्यक्रमगरि शहीद दिवस मनाइएको दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो । दिवसको अवसरमा शहीद दशरथचन्दको जन्मघर बस्कोटमा श्रद्धाञ्जली कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

यस्तै नेपाल प्रहरीले सलामी अर्पण गरेको र शहीद चन्दको शालिकामा माल्यार्पण समेत गरिएको उहाँले बताउनुभयो । कोरोना संक्रमणका कारण थोरै नागरिकहरुको उपस्थितिमा जनस्वास्थ्यका मापदण्ड अपनाएर दिवस मनाईको दशरथचन्द स्मृति प्रतिष्ठानले जनाएको छ ।

प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ् । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा बैतडी लगायत देशभर आइतबार शहीद दिवस मनाइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.