बैतडीमा द्रुतगतिमा फैलिदै कोरोना, एकै दिन ३२ जना थपिए

बैतडी-बैतडीमा थप ३२ जनामा कोरोना पुष्टि कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका श्रोत व्यक्ति चन्दन सुवेदिले जानकारी दिनुभयो । उहाँका अनुसा ३५ जनाको पिसिआार परीक्षण गर्दा २६ जना र ८५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६ जना गरि थप  ३२ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा दशरथचन्द नगरपालिकाका १७ जना,पाटन नगरपालिकाका ७ जना, पञ्चेश्वर गाउँपालिकाका ३ जना , पुर्चौडी नगरपालिका र सिगास गाउँपालिकाका १÷१ जना रहेका छन् । यस्तै कञ्चनपुरका १ जना, कैलालीका १ जना बझाँङ जिल्लाका १ जनामा पनि कोरोना पुष्टि भएको छ । थप ३२ जनामा कोरोना पुष्टि भएसंगै जिल्लामा सक्रिय संक्रमितको सङख्या १ सय २४ पुगेको छ ।

मंगलबार १६ जना कोरोना जितेर निको भएका छन् ।   कोरोना संक्रमण जिल्लामा द्रुतगतिमा
फैलिदै गएको छ । संक्रमण फैलिदै गएपनि स्वास्थ्य सुरक्षाका मापदण्डको पलाना भने भएको पाइदैन् । यसरी हेल्चक्राइ गर्दा कोरोना संक्रमण झन फैलिने देखिन्छ ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.