बैतडीमा  खुल्ला क्रिकेट प्रतियोगिता हुने

बैतडी– बैतडीमा  खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ । जिल्लाको दशरथचन्द नगरपालीका २ झौलेकमा यही माघ १३ गते देखि खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको हो ।निङ्गलाशैनी महारुद्र क्रिकेट क्लवको अयोजनामा माघ १३ देखी शुरु हुने खेलमा माघ १२ गते सम्म टिम दर्ता को समय रहेको खेलाडी उपेन्द्र धामीले बताउनुभएको छ । प्रतियोगितामा जिल्लाभित्रका क्रिकेट क्लब तथा विद्यालयहरुले सहभागिता जनाउन सक्ने बताइएको छ । प्रतियोगिताको प्रथम पुरस्कार पन्ध्र हजार ,द्वितीय पुरस्कार ७ हजार ५ सय राखिएको छ ।यसैगरी मेन अफ द सिरीज लाई १ हजार, बेस्ट ब्याट्सम्यान लाइ ५०० र बेस्टबलर लाई ५०० प्रदान गरिने बताइएको छ । प्रतियोगितामा जिल्ला बाहिरका खेलाडीले सहभागिता जनाउन पाउने छैनन् ।दशरथचन्द नगरपालीका २ झौलेक खेलमैदानमा आयोजना हुने क्रिकेट प्रतियोगितामा सहभागि हुने टिमले माघ १२ गते भित्र टिम दर्ता गरिसक्नु पर्ने धामीले बताउनुभयो । टिमदर्ता शुल्क ३ हजार ५ सय रुपैया तोकिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.