बैतडीः नेचुरल ओरगनाइजेसनको जिल्ला कार्य समिति गठन
असोज- १०- बैतडी / नेचुरल ओरगनाइजेसन संगठन बैतडीले जिल्ला कार्य समिति गठन गरेको छ । शनिबार देहिमाण्डौमा बसेको संस्थापक सदस्य लगायत अन्य युवाहरुको बैठकले धनबहादुर विष्टको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति गठन गरेको हो ।
भाषा, कला, साहित्य, संस्कृति, शिक्षा, स्वास्थ्य, पर्यटन कृषि सञ्चारमा वृद्धी भन्ने नाराका साथ २०७६ सालमा जिल्ला प्रशासनमा दर्ता भएको नेचुरल ओरगनाइजेसनले जिल्लाका युवाहरुलाई समेटेर शनिबार कार्य समित गठन गरेको छ । संगठनमा युवाहरुको सहभागिता गाराएर समाजमा देखा परेका हरेक कमि कमजोरि पहिचान गरि परिवर्तनका लागि पहल गर्ने धेयका साथ नेचुरल ओरगनाइजेसनले युवाको सञ्जाल विस्तार गरिरहेको छ ।
समाज परिवर्तन गर्न प्रथम भुमिका युवाको हुन्छ भन्ने कुरालाई मन्न गरि संगठनलाई सशक्त ढङगबाट अगाडि बढाउन शनिबार कार्यासमिति गठन गरिएको नेचुरल ओरगनाइजेसनका संयोजक धनबहादुर विष्टले बताउनुभयो ।
नेचुरल ओरगनाइजेसनले शनिबार अध्यक्ष धनबहादुर विष्ट , उपाध्यक्ष मिनिया भुल ,सचिबमा नरेन्द्र साउद , सह सचिबमा डी आर भट्ट ,लक्ष्मी बोहरा , कोशाध्यक्षमा रेजिना टेलर चयन गरेर १५ सदस्यीय कार्य समिति गठन गरेको संगठनका सदस्य हितेश विष्टले बताउनुभयो ।
जिल्ला कार्य समिति गठन गरेको नेचुरल ओरगनाइजेसनले छिट्टै बैतडीका १० औटै स्थानियतहमा समिती गठन गरि सञ्जाल विस्तार गर्ने जनाएको छ । गत वर्ष बाट कानुनि रुपले बैधानिकता पाएको नेचुरल ओरगनाइजेसन संगठनमा अहिले करिब ८ सय सदस्य रहेकाछन ।