बैतडीमा कोरोना संक्रमित बढ्दै ,शुक्रबार ८ जनामा संक्रमण पुष्टि
बैतडी- बैतडीमा कोरोना संक्रमित बढ्दै गएका छन् । बिहीबार ७ जनामा कोरोना पुष्टि भएको जिल्लामा शुक्रबार थप जना थपिएका छन् ।
झुलाघाट हेल्थ डेस्कमा गरिएको कोरोना परीक्षणमा १ जना र पाटनमा भएको परीक्षणमा ७ जना गरि शुक्रबार थप ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका स्राेत व्यक्ति चन्दन सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार संक्रमण पुष्टि हुनेमा एक जना दशरथचन्द नगरपालिका रहेका छन् भने ७ जना जना पाटनका हुन् । थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै जिल्लामा सक्रिय संक्रमितको सङख्या २२ पुगेको छ । यस्तै शुत्रबार एक जना कोरोना जितेर निको भएका छन् ।