बैतडीः मृत भेटिएका पुरुषको कोरोना रिर्पोट पोजेटिभ

बैतडी–असोज १०/ बैतडीमा शुक्रबार मृत भेटिएका पुरुषको कोरोना रिर्पोट पोजेटिभ आएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतकको कोरोना रिर्पोट पोजेटिभ आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

जिल्लाको पुर्चौडी नगरपालिका ३ का ३५ बर्षीय पुरुषको भारतबाट फर्किएर घर जादैं गरेका बेला बाटोमै मृत्यु भएको थियो । मृतक पुरुष केही दिन अगाडी मात्रै भारतबाट गौरीफण्टा नाका हुदै नेपाल आएका थिए । मृतकको शब नेपाली सेनाको टोलीले ब्यबस्थापन गर्ने प्रहरी प्रमुख अधिकारीले  जानकारी दिनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.