बैतडीःसुर्नया गाउँपालिकालाइ एम्बुलेन्स हस्तान्त्रण

बैतडी बैतडीको सुर्नया गाउँपालिकालाइ एम्बुलेन्स हस्तान्त्रण गरिएको छ । बैतडीको क्षेत्र नं क बाट निर्वाचित प्रदेश सभासदस्य प्रेम प्रकाश भट्ट (आदित्य) को विशेष पहलमा बैतडी निर्वाचन क्षेत्र नं १ सुदूरपश्मि प्रदेश पूर्वाधार विकासकोषको बजेटबाट स्वास्थ्य कार्यालय मार्फत खरिद गरिएको एम्बुलेन्स बिहीवार  गाउँपालिकालाइ हस्तान्त्रण गरिएको हो ।

प्रदेश सासंद भट्ट र स्वास्थ्य प्रमुख योगेश प्रशाद भट्टले बिहीवार सुर्नया गाउँपालिका वडा नं ३ स्थित बाशुलिङ्ग   स्वास्थ्यचौकीमा आयोजित एक कार्यक्रममा पालिका प्रवक्ता हेमा भट्ट र स्वास्थ्य संयोजक राम बहादुर महरालाई एमबुलेन्सको साँचो हस्तानत्रण गरेका हुन् । गर्भवती, सुत्केरी तथा ज्येष्ठ नागरिक लगायत बिरामी व्यक्तिलाई स्वास्थोपचारका लागि अस्पताल आउनजान अब सहज हुने भएको छ।  गाउँपालिकामा एम्बुलेन्स आएपछि अब बिरामि अस्पताल सम्म लैजान सहज हुने भएको छ ।

गाउँपालिकामा एमबुलेन्स सेवा पाउने भएपछि नागरिकहरु पनि हर्षित भएका छन् । गाउँपालिका भित्र एम्बुलेन्स सञ्चालनमा आउदा खुसि लागेको स्थानीय तारा भट्टले बताउनुभयो । यस्तै सेवा सञ्चालनका बारेमा गाउँपालिकाको कार्यपालिका बैठकमा छलफल गरिने बताइएको छ । यता सुर्नयाका युवाहरुले एम्बुलेन्सबाट निुशल्क सेवा प्रदान गर्नेु पर्ने माग गरेका छन् ।

पत्ताल भुमेश्वर युवा मञ्च र नेचुरलअर्गनाइजेसनमा आवद्ध युवाहरुले एम्बुलेन्सबाट निशुल्क सेवा प्रदान हुनु पर्ने माग गरेका हुन् ।यस अघि कोरोना फैलिएका बेला सुर्नया एम्बुलेन्स विहिन भएको अस्थामा पत्ताल भुमेश्वर युवा मञ्च र नेचुरल अर्गनाइजेसनले निःशुल्क नागरिकरुलाइृ सेवा प्रदान गरेका थिए । कोरोना संक्रमण फैलिएका बेला  गाडी भाडामा लिएर निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेका युवा अहिले गाउँपालिका बासीलाई सेवा निशुल्क हुनुपर्ने माग राखि रहेका हुन् ।

गरिव विपन्न,दलित, अपँगताभएका नागरिक असहाय , जेष्ठ नागरिक र विद्यार्थीहरुले एम्बुलेन्सबाट निशुल्क सेवा पाउनु पर्ने पत्ताल भुमेश्वर युवा मञ्चका उपाध्यक्ष विनोद विष्टले जोडदार माग गरेका छन् ।  गाउँपालिकामा एम्बुेलेन्सको सुविधा भएको प्रति खुसी व्यक्त गर्दै विष्टले निशुल्क रुपमा सेवा प्रदान गर्ने कार्यले जनतालाइ सहज हुने बताउनुभएको छ । गाउँपालिकामा एम्बुलेन्स नहुंदा निजि सवारी साधनमा चर्को भाडा तिरेर आकस्मिक अवस्थाका बिरामीलाई अस्पताल लैजानु पर्ने सुर्नयाबासीको बाध्यता थियो ।निशुल्क सेवा सञ्चालन भए नागरिकहरुलाइ बढी भन्दा बढी राहत मिल्ने भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.