प्रदेश सांसद भट्टको विशेष पहलमा बैतडीको सुर्नयामा एम्बुलेन्स

बैतडी- बैतडीको सुर्नया गाउँपालिकाका लागि खरिद गरिएको एम्बुलेन्स जिल्ला ल्याईएको छ । बैतडीको क्षेत्र नं क बाट निर्वाचित प्रदेश सभासदस्य प्रेम प्रकाश भट्ट (आदित्य) को विशेष पहलमा बैतडी निर्वाचन क्षेत्र नं १ सुदूरपश्मि प्रदेश पूर्वाधार विकासकोषको बजेटबाट स्वास्थ्य कार्यालय मार्फत खरिद गरिएको एम्बुलेन्स सोमबार जिल्ला ल्याइएको हो ।

खरिद गरि जिल्ला ल्याइएको  एम्बुलेन्स एक दुई दिनमै हस्तान्तरण गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिनुभयो । एम्बुलेन्स नहुंदा निजि सवारी साधनमा चर्को भाडा तिरेर आकस्मिक अवस्थाका बिरामीलाई अस्पताल लैजानु पर्ने बाध्यता सुर्नयाबासीको थियो ।

गाउँपालिकामा एम्बुलेन्स आएपछि अब बिरामि अस्पताल सम्म लैजान सहज हुने भएको छ । गाउँपालिकामा एम्बुलेन्स सञ्चालनमा आएपछि गर्भवती, सुत्केरी तथा ज्येष्ठ नागरिक लगायत बिरामी व्यक्तिलाई स्वास्थोपचारका लागि अस्पताल आउनजान सहयोग पुग्ने विश्वास लिइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.