बैतडीमा कोरोना संक्रमितको संख्या ४ सय १ पुग्यो

असोज -९/ बैतडीका थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा थप एकजनामा कोरोना पुष्टि भएको बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना पुष्टि हुनेमा दशरथचन्द नगरपालिका ४ का ३५ वर्षीय पुरुष रहेका छा । आज थप १ जनामा संक्रमण पुष्टि भएसंगै जिल्लामा संक्रमितको संख्या ४ सय १ पुगेको उहाँले बताउनुभयो । संक्रमितको सङख्या ४ सय १ भएपनि जिल्लामा २४ जनामात्रै सक्रिय संक्रमित रहेका छन् ।

संक्रिय संक्रमितहरु मध्ये धेरै होम आइसोलेसनमा रहेका छन् थोरैमात्रै संस्थागत आइसोलेसनमा रहेका छन् । जिल्लाका ३७७ जना संक्रमित भने कोरोना मुक्त भइरसकेका छन । सक्रिय कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था भने सामान्य हरेको बताइएको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.