एमाले बैतडीको जिल्ला अधिवेशन : सहमती जुटाउन सकस, निर्वाचनको सम्भावना
बैतडी–पौष २४/ नेकपा एमाले बैतडीको जिल्ला अधिवेशनमा नेतृत्वका लागी सहमती जुट्न सकेको छैन । एमालेको आठौ जिल्ला अधिवेशन शुक्रवारदेखि पाटनमा भईरहेको छ। शुक्रवार रातिदेखि शुरु भएको बन्द सत्रमा सहमतीमै नेतृत्व चयनका लागी प्रयास भईरहेको भए पनि सहमती जुट्न सकेको छैन् । अध्यक्ष पदका लागी बर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले दाबी गरेका छन् । उनीहरु दुबै जना आफ्नो दाबीबाट पछाडि नहटे पछि सहमतीमै नेतृत्व टुंग्याउन सकस भएको नेकपा एमालले जिल्ला कमिटि सचिवालय सदस्य बलभद्र दयालले जानकारी दिनुभएको छ । अध्यक्ष बाहेक अन्य पदका लागी पनी आकांक्षीहरु धेरै रहेका तर उमेदवारी दर्ता भईनसकेको दयालले रेडियो बैतडीसंग बताउनुभयो । अझै पनी सहमतीको प्रयास भईरहेकोले निर्बाचन नै हुन्छ भन्न सकिने अवस्था नरहेको उनको भनाई छ । यता अधिवेशन निर्बाचन कमिटिले निर्बाचनको तयारी गरिरहेको छ । कमिटिले मतदाताहरुको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । जिल्लाभरिका ५ सय ९ जना प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गरिएको हो । पार्टीका वर्तमान जिल्ला अध्यक्ष सुरेन्द्र पालको अध्यक्षता शुत्रलवारबाट जिल्ला अधिवेशन शुरु भएको हो । अधिवेशनको पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि केपी शर्मा ओलीले बिहान ११ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको थियो ।