माओबादी केन्द्रीय समिति सदस्यको नाम पारित; बैतडी बाट रेणु चन्द र नरेन्द्र कुवर,
बैतडी । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तरगत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको केन्द्रीय सदस्यहरुको सूची पारित भएको छ । अध्यक्ष प्रचण्डले समानुपातिक तर्फ १२५ र खुलातर्फ १११ जनाको नाम पेश गर्नुभएको थियो । प्रचण्डले जम्मा २३६ जना केन्द्रीय सदस्यको घोषणा गरेपछि बन्दसत्र हलले अनुमोदन गरेको हो ।
बैतडीबाट संबिधान सभा सदस्य समेत रहनुभएकी नेतृ रेणु चन्द र नेता नरेन्द्र कुवर, केन्द्रीय कमिटी सदस्यमा परेका छन् । माओबादीको केन्द्रीय कमिटीमा बैतडी बाट दुई जना सहित सुदूरपश्चिमबाट २३ जना अटाएका छन् । अब ६३ जना सदस्य चयन गर्न बाँकी रहेको छ । ती सदस्यहरु पछि मनोनीत हुनेछन् । माओवादी केन्द्रमा जम्मा २९९ केन्द्रीय सदस्य हुने व्यवस्था रहेको छ ।
सुदूरपश्चिमबाट अछामका तारामान स्वार, शरदसिंह भण्डारी बझाङका देबराज रेग्मी, कञ्चनपुरकी बिना मगर, दार्चुलाका लक्ष्मणदत्त जोशी केन्द्रीय सदस्य भएका छन् । यस्तै बझाङकी सीता नेपाली, बैतडीकी रेणु चन्द, नरेन्द्र कुवर, दार्चुलाकी लक्ष्मी बिक, कैलालीका विरभान चौधरी, रुपा चौधरी, नेपबहादुर चौधरी, लालबहादुर सोडारी, कञ्चनपुरका देविलाल चौधरी, बझाङकी देबकी मल्ल पनि केन्द्रीय सदस्य भए । त्रिलोचन भट्ट, खगराज भट्ट, मन्जु बम, डम्बर घर्ती, बिमला सिंह, दीपा चौधरी, जगत पार्की र कुन्ति जोशी पनि केन्द्रीय सदस्य निर्वाचित भएको माओवादी केन्द्रले जनाएको छ ।