वडा अध्यक्ष भट्टद्वारा विद्यालयमा अक्षयकोष स्थापना

बैतडी–पौष १८/ बैतडीको सुर्नया गाउँपालिका वडा नं ३का अध्यक्ष दिला राम भट्टले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । वडा नं ३ को तडीगाउँ स्थित बाशुदेव आधारभूत विद्यालयमा वडा अध्य भट्टले २० हजार एक सय रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।विद्यालयमा अध्ययनरत जेहेन्दार एवंआर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापना गरेको अध्यक्ष भट्टले बताउनुभयो । अध्यक्ष भट्टले आईतबार विद्यालयको ७२औँं वार्षिकोत्सवको अवसर पारी उक्त अक्षयकोष रकमको घोषणा गर्नुभएको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.