नेपाल राष्ट्रिय शिक्षक संगठन पाटन नगर कमिटि अध्यक्षमा गोपाल दत्त भट्ट

बैतडी–पौष १८/ बैतडीको पाटन नगरपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठनको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न अधिवेशनले गोपाल दत्त भट्टको अध्यक्षतामा नगर कमिटि बिस्तार गरेको छ । भट्टको अध्यक्षतामा १९ सदस्यीय नगर कमिटि बिस्तार गरिएको राष्ट्रिय शिक्षक संगठन पाटनले जनाएको छ । निवर्तमान अध्यक्ष तर्कराज भट्टको अध्यक्षतामा सम्पन्न अधिवेशनका प्रमुख अतिथि बैतडी संघिय सांसद एवम नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी रहनु भएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.