वडा कार्यालयको लार्पवाहीका कारण जिल्ला प्रशासन पुग्ने नागरिकहरुले दुःख पाउँदै
बैतडी–पौष १६/ बैतडीमा वडा कार्यालयहरुको लार्पवाहीका कारण बिभिन्न प्रशासनिक कामका लागी जिल्ला प्रशासन कार्यालयसम्म पुग्ने नागरिकहरुले दुःख पाउने गरेका छन् । नागरिकताको प्रमाणपत्र लिन तथा अन्य कुनै प्रशासनिक कामका लागी वडा कार्यालयको सिफारिस लिएर आउने नागरिकहरुले सिफारिसमा त्रृटि हुदाँ दुःख पाउने गरेका हुन् । एक दिन लगाएर प्रशासन कार्यालयसम्म पुगेर सिफारिसमा भएको त्रृटिकै कारण काम नबन्दा नागरिकहरुले सास्ती भोग्ने गरेका छन् ।
नागरिकता बनाउनका लागी एक दिन लगाएर प्रशासन कार्यालय पुगेको तर वडा कार्यालयले गरेको सिफारिस मान्य नहुँदा आफ्नो नागरिकता नबनेको जिल्लाको दोगडाकेदार गाउँपालिका १ रिमकी नन्दा साउँदले बताईन् । वडा अध्यक्ष बाहिर रहेको अवस्थामा निमित्त वडा अध्यक्षले ३० दिन मात्र प्रशासनिक काम गर्न पाउने संबैधानिक प्रावधान रहेको छ । तर वडा कार्यालयले २ महिना बढी भईसक्दा समेत निमित्त वडाअध्यक्षकै हस्ताक्षरमा उनको सिफारिस बनाई दिएको छ । वडाअध्यक्ष ध्वज बहादुर कार्कीले वडा सदस्य माधवी जोशीलाई निमित्त वडा अध्यक्षको जिम्मेवारी दिएको २ महिना भन्दा बढी भएको बुझिएको छ । तर वडाका कर्मचारीहरुले निमित्त वडाअध्यक्षकै हस्ताक्षरमा नागरिकताका लागी सिफारिस गरेका हुन् । साउँद जस्तै अन्य नागरिकहरु पनी प्रशासन कार्यालयसम्म पुगेर फर्किने गरेका छन् ।
सिफारिसमा कसैको नाम, कसैको आमा बुवाको नाम फरक पारेर पठाउदा प्रशासन सम्म पुगेर सेवाग्राहीहरुले दुःख पाउने गरेका जिल्ला प्रशासन कार्यालय बैतडीका सुचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभएको छ । यस्तै सिफारिसमा मुख्य सनाखत गर्ने मान्छेले मुजुल्कामा हस्ताक्षर गरेको पनी भेटिन थालेको उहाँको भनाई छ । यस्तै वडाकार्यालयहरुले २० बर्ष नहुँदै बिहे दर्ता गराई दिने गरेको समेत भारतीले बताउनुभयो । प्रशासनबाट लिखित रुपमै उनीहरुलाई कानुनी प्रकृयाको बारेमा जानकारी गराई रहदा पनी वडा कार्यालयका त्रृटिहरु नसच्चिएको सुचना अधिकारी भारतीले बताउनुभयो ।