ग्लोबल आइएमई बैंक दोगडाकेदार शाखाको आयोजनामा महिला स्वास्थ्य शिविर सम्पन्न

बैतडी–पौष १६/ बैतडीको दोगडाकेदारमा शुक्रवार निशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्लोबल आइएमई बैंकको १५ औ बार्षिकोत्सवको अवसरमा दोगडाकेदार शाखाले नेपाल परिवार नियोजन संघ (एफपान) संगको सहकार्यमा निशुल्क महिला स्वास्थ्य शिबिरको आयोजना गरेको हो । शिविरमा महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धी भिआईए चेकजाँच तथा औषधी समेत वितरण गरिएको ग्लोबल आइएमई बैंक दोगडाकेदार शाखाका ब्रान्च म्यानेजर लिलाधर भट्टले जानकारी दिनुभएको छ । पाठेघर सम्बन्धी बिभिन्न समस्या भएका महिलाहरुको सहजताको लागी शिबिरको आयोजना गरिएकोमा ८० भन्दा महिलाहरुले सेवा लिएको भट्टको भनाई छ । महिलाहरु रोग लुकाएर बस्ने तथा घरायसी कामकाजका कारण पनी उपचारका लागी टाढा जान नसक्ने भएकाले गाउँमै शिविरको आयोजना गरेको ग्लोबल आइएमई बैंक दोगडाकेदार शाखाले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.