अनेरास्ववियूद्वारा सुप विश्वविद्यालयकाे ध्यानाकर्षण, नियम विपरीतका निर्णय खारेजीको माग

बैतडी-सुदूरपश्चिम विश्वविद्यालयको शुल्क वृद्धि खारेजी र नियम विपरीत कर्मचारी नियुक्ति गरेको भन्दै अनेरास्ववियु बैतडीले ध्यानाकर्षण गराएको छ । पाटन बहुमुखी क्याम्पस मार्फत सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापन पत्र बुझाउँदै नियम विपरीत र विद्यार्थीहरूलाई मर्का पर्ने क्रियाकलापहरू रोक्न माग गरिएको हो ।     बिहीबार बैतडीको पाटन नगरपालिका वडा नं ६ स्थित पाटन बहुमुखि क्याम्पसमा गठित अनेरास्ववियू कमिटीले क्याम्पसका प्रमुख उत्तम भण्डारी मार्फत उपकुलपतिलाई विविध विषयमा ९ बुदे माग राख्दै तीन दिने अल्टीमेट सहित ज्ञापन पत्र बुझाइएको बुझाइएको हो ।

प्रवेश परीक्षा, अन्तिम परीक्षा, रजिस्ट्रेसन शुल्क वृद्धि फिर्ता हुनुपर्ने, नियम विपरीत भर्ना गरिएका प्राध्यापक कर्मचारीहरूलाई हटाई विज्ञापन मार्फत भर्ना गर्नुपर्ने, केन्द्रीय क्याम्पस तथा आङ्गिक क्याम्पसहरूमा ३० प्रतिशत छात्रवृत्ति अनिवार्य गरिनुपर्ने, नियम विपरीत गरिएका नियुक्ति फिर्ता लगायतका मागहरू अघि सारिएको अनेरास्ववियुका राष्ट्रिय परिषद सदस्य खेमराज अवस्थीले बताउनुभयाे  ।

त्यसैगरी विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा खोलिएका नयाँ विषय तथा कार्यक्रमहरूमा दक्ष प्राध्यापकको व्यवस्था हुनुपर्ने लगायतका ९ बुँदे ज्ञापन पत्र बुझाएको अवस्थीले बताए । नियम विपरीत गरिएका निर्णयहरू यथाशीघ्र खारेज नभए कडा आन्दोलनमा उत्रिने अनेरास्ववियुको चेतावनी छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.