पीएम कप राष्ट्रिय क्रिकेटः बैतडीका २८ खेलाडी बन्द प्रशिक्षणमा

बैतडी- प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि बैतडीका २८ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ । प्रदेशस्तरीय छनौट प्रतियोगिता खेल्नको लागि अन्तिम १४ को टोली घोषणा गर्न २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

उनीहरुको बन्द प्रशिक्षण शुक्रबारदेखि मेलौली खेल मैदान हुने बैतडी जिलला क्रिकेट संघले जनाएको छ । आज देहिमाडौंमा सम्पन्न जिल्लास्तरीय छनौट प्रतियोगितामा राम्रो प्रर्दशन गरेको आधारमा उनीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको छनौट समितिका सदस्य तथा दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्र बोहराले जानकारी दिए । छनौट हुने खेलाडीहरुमा दिपक बोहरा,डम्बर बुडाल,विरेन्द्र नाथ, प्रदीप चन्द,सुनिल चन्द, लोकेन्द्र चन्द,राजु भाट, जगदीश चन्द,गोपी नाथ, नरेन भट्ट,जयराम भट्ट, भुपेन्द्र चन्द,प्रशान्त कार्की र दीपेन्द्र जोशी रहेका छन् ।

यस्तै बसन्त भट्ट,राम चन्द,महेश जोशी,धिरु मल्ल,श्याम साउँद,मदन चन्द,रिसिकेश बोहरा,आकाश चन्द,गजेन्द्र बोहरा,प्रेम बुडाल,खडक बोहरा,सुरेन्द्रचन्द,हिक्मत महरा र लक्ष्मण महरा पनि बन्द प्रशिक्षणका लागि छनौट भएका छन् ।

खेलाडी छनौट समितिमा सुदूरपश्चिम प्रदेश प्रमुख प्रशिक्षक दीपेन्द्र बहादुर चन्द,बैतडी जिल्ला क्रिकेट संघका सचिव शेरसिंह खत्री, दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्र बोहरा र बैतडी जिल्ला क्रिकेट संघका सदस्य विर सिंह बोहरा रहेका थिए । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता नेपाल क्रिकेट संघको आयोजनामा पुस २५ देखि गतेदेखि काठमाडौंमा हुदैंछ । विनोद सिंह विष्ट–––

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.