जिल्ला अस्पताल बैतडीमा मानसिक रोग सम्बन्धी विशेषज्ञ चिकित्सक आउने

बैतडी- जिल्ला अस्पताल बैतडीमा मानसिक रोग सम्बन्धी विशेषज्ञ चिकित्सक आउने भएका छन । यहि पुष ९ गते शुक्रबार डडेल्धुराबाट  बैतडीमा मानसिक रोग सम्बन्धी विशेषज्ञ चिकित्सक आउने भएका जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश प्रशाद पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार विशेषज्ञ चिकित्सकबाट सामान्य चेकजाँच सेवा, परार्मश सेवा प्रदान गरिने छ । यस्तै औषधी समेत वितरण गरिने उहाँले बताउनुभयो । बुधबार विशेषज्ञ चिकित्सक आउने बारे सूचना जारी गरेर जिल्ला अस्पताल बैतडीले मानसिक रोग सम्बन्धी समस्या भएकाहरुलाइ पुष ९ गते अस्पतालमा आएर सेवा लिन  आग्रह गरेको छ । विशेषज्ञ सेवा  शुक्रबार बिहान १० बजेदेखि दिउँसो तीन बजे सम्म प्रदान गरिने बताइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.