बैतडीमा अन्तरपालिका भलिबल प्रतियोगिताः मंगलबार ५ खेल, काे काेले जिते ?

बैतडी–बैतडीको पञ्चेश्वर गाउपालिकामा जारी अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिातामा मंगलबार पाँच खेल सम्पन्न भएका छन् । मंगलबार भएका खेलमा मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका, कुलाउ मावि, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाले जित हात पारेको खेल संयोजक सागर भण्डारीले जानकारी दिनुभयाे ।  बिहान मेलौली नगरपालिका र सुर्नया गाउँपालिकाबीच भएको खेलमा मेलौलीले जित हात पारेको छ । यस्तै पञ्चेश्वर गाउँपालिका बी र दशरथचन्द नगरपालिकाबीच भएको खेलमा दशरथचन्द नगरपालिकाले जित हात पारेको  छ। यसैगरी कुलाउ मावि र युवा जागरणमञ्च मेलौली बी बिच भएको खेलमा कुलाउ माविले जित हात पारेको छ ।  यसैगरी मंगलबारनै सुर्नया गाउँपालिका र पाटन नगरपालिकामा बिच भएको खेलमा सुर्नयाले जित हात पारेको छ । यसैगरी सिगास र पञ्चेश्वर गाउपालिका बी बिच भएको खेलमा सिगासले जित हात पारेको छ । यसका साथै लगातारको दुई हारसँगै पञ्चेश्वर गाउँपालिका बी जारी प्रतियोगिताबाट बाहिरिएको छ ।पुस ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । उपाधि जित्ने टोलीले १ लाख १० हजार १ सय १ रुपैया, कप मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ । यस्तै द्वितीय पुरस्कार ७५ हजार १ सय १ रुपैया कप मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार ५० हजार १ सय १ रुपैया कप, मेडल र प्रमाणपत्र राखिएको छ । सान्त्वना पुरस्कार ३० हजार १ सय १ रुपैया कप मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.