नेकपा एमाले बैतडीको आठौँ जिल्ला अधिवेशन पाटनमा हुने
दिपेन्द्र भण्डारी- बैतडी/ नेकपा एमाले बैतडीको जिल्ला अधिवेश पाटनमा हुने भएको छ । आठौँ जिल्ला अधिवेशन यहि पौष २३ गते पाटनमा हुने भएको हो । शनिबार सम्पन्न बैठकले एमाले बैतडीको आठौँ जिल्ला अधिवेशन पाटनमा गर्ने निर्णय गरेको नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
यस्तै जिल्ला अधिवेशनमा ५ सय ९ जना प्रतिनिधि सहभागी हुने उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्लाभरी एमालेका ९ हजार ३ सय २९ जना संगठित सदस्य रहेका छन् । अधिवेशन भव्य रुपमा सम्पन्न गर्न नेकपा एमाले जिल्ला अध्यक्ष सुरेन्द्र पालको संयोजकत्वमा अधिवेशन मूल समारोह समिति गठन गरिएको बताइएको छ ।
यस्तै १० ओटा विभिन्न उपसमितिहरु पनि बनाइएका नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य भण्डारीले बताउनुभयो । यस्तै जिल्लाभरी पौष २० गतेभित्र जनवर्गीय संगठनहरुका अधिवेशन सम्पन्न गरिसक्ने र सोही अवधिभित्र पार्टीको टोल कमिटिहरु पनि गठन गरिसक्ने नेकपा एमाले बैतडीले निर्णय गरेको छ।