बैतडीका बेसहारा दीदीबहिनीहरुले पाए आश्रय 

बैतडी–असोज ८ / बैतडीका एकै घरका ६ जना टुहुरा बालीकाहरुले आश्रय पाएका छन । जिल्लाको दशरथचन्द नगरपालिका १० सत्पालीका टुहुरा बालिकाहरुलाई एसओएस बालग्राम काभ्रेले जिम्मा लिएको हो । केही बर्ष अघि बुवाको मृत्यृ भएको र  बुबाको मृत्यृ पछि आमा पनी बेपत्ता भएपछि टुहुरा भएका ६ जना बालिकाहरुलाई एसओएस बालग्रामको टोली बैतडी आएर जिम्मा लिएको बालिकाहरुलाई संरक्षण दिदै आएको दशरथचन्द नगरपालिकाले जनाएको छ । बिभिन्न सञ्चारमाध्यमहरुमा बालीकाहरुको बारेमा समाचारहरु प्रकाशन भए पछि एसओएस बालग्रामले उनीहरुको जिम्मा लिएको हो ।  दशरथचन्द नगरपालिका १० सत्पालीका १५ बर्षीय निलम लावड, १३ बर्षीय इन्द्रा लावड, १२ बर्षीय पार्वती लावड, १० बर्षीय लक्ष्मी लावड, ७ बर्षीय विन्दु लावड र ५ बर्षीय माया लावडलाई पठनपाठन सहितको जिम्मा लिएको हो ।

No description available.

एसओएस बालग्रामका निर्देशक सुरेन्द्र अमागाईले बालीकाहरुको जिम्मा लिदै उनीहरुको मौलिक अधिकारहरुको प्रत्याभुत हुने गरी संरक्षण दिईने बताउनुभयो । दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र थापाले बालीकाहरुलाई अगामी दिनमा पनी सहयोग गर्नको लागी नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । टुहुरा बालीकाहरुको जिम्मा लिएकोमा एसओएस बालग्रामलाई धन्यबाद दिदै प्रमुख थापाले उनीहरुको उज्जवल भबिष्यको कामना गर्नुभयो ।

No description available.

टुहुरा बालिकाहरुलाई बिभिन्न ठाँउबाट सहयोग प्राप्त हुदै आएको थियो । टुहुरा बालिकाको सहयोगका लागि विभिन्न ठाउँबाट १ लाख ३६ हजार रकम संकलन भएको र त्यो रकम बैंकको खातामा जम्मा गरिएको नगरपालिकाका सामाजिक विकास साखा प्रमुख बिनोद बहादुर चन्दले जानकारी दिनुभएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.