बैतडीका थप १० जनामा कोरोना पुष्टि, संक्रमितको सङ्ख्या ४ सय पुग्यो
सक्रिय संक्रमितको सङ्ख्या २३
असोज- ८ /बैतडीका थप १० जनामा कोरोना पुष्टि भएको छ । बिहीबार डडेल्धुरा प्रयोगशाला गरिएको परीक्षणमा जिल्लाका थप १० जनामा कोरोना पुष्टि भएको हो । बिहीबार १० जनामा संक्रमण पुष्टि भए संगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ सय पुगेको छ ।
संक्रमण पुष्टि हुनेमा पुर्चौडी नगरपालिकाका ९ जना र पाटन नगरपालिकाका १ जना रहेका छन् । पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक बिनोद कुवरका अनुसार वडा नं २ का एक पुररुष वडा नं ४ भटनाका एक जना महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
कोरोना सक्रमण पुष्टि हुने नागरिकहरु र्दुइ साता पहिले भारतबाट आएका र दुई तिन दिन पहिले उनिहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाएकोमा बीहीबार रिर्पाेट पोजिटिभ आएको स्वास्थ्य संयोजक कुवरले बताउनुभएको छ । संक्रमण पुष्टि भएका सबै जना होम आइसोलेसनमा रहेका छन । यस्तै पाटन गरपालिका वडा नं ६ एक पुरुष पनि कोरोना संत्रलमण देखिएको छ ।
स्वास्थ्य संयोजक मदन सिँह महराले दिएको जानकारि अनुसार एकसाता पहिले भारतबाट स्वदेश फर्किएका पुरुषमा संक्रमण देखिएको हो र उनि अहिले पाटन प्राथमिक स्वास्थ्य केनद्रको आइसोलेसनमा रहेका छन ।
सक्रिय संक्रमितको सङ्ख्या २३
जिल्लामा सक्रिय कोरोना संक्रमितको सङ्ख्या २३ पुगेको छ । अहिले सम्म ४ सय जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ३ सय ७७ जना कोरोना मुक्त भइसकेका छन भने बाँकी २३ जनामात्रै सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ती भुवन प्रसाद जोशीले जानकारिदिनुभएको छ । संक्रमित सबै स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।