वि.व्य.स महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा पुनः भाट सर्वसम्मत चयन
बैतडी- सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्षमा पुनः प्रेम भाट चयन भएका छन् । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट भाट पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
भाट २०७६ सालमा प्रथम पटक सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष चयन भएका थीए । बैतडी घर भएका भाट फेरी दोस्रो कार्यकालका लागी पनि सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका छन् ।
यस्तै उपाध्यक्षमा धुर्वराज उपाध्याय, सचिवमा तिर्थ राज पाध्याय, कोषाध्यक्षमा महेश्वरी खत्री सहित २० सदस्यीय समिति गठन गरिएको छ । सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापाको प्रमुख आतिथ्यतामा कैलालीको चिसापानीमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ ।
हातहातमा कापि समातेर शिक्षाको ज्योति अब सुदूरपश्चिमबाट फैलाउनु पर्छ भन्दै चिसापानी पुल बाट ¥याली निकालेर कैलाली जिल्लाको लम्की नगरपालिका वडा नं ३ मा रहेको नेपाल राष्ट्रिय कर्णाली माध्यमीक विद्यालयको प्राङगणमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन भव्यरुपमा सम्पन्न भएको हो ।