बैतडीमा बाँदर आतंक, अन्नबाली सखाप पार्न थालेपछि किसानहरु चिन्तीत
बैतडी- बाँदरहरुले अन्नबाली सखाप पार्न थालेपछि बैतडीका किसानहरु चिन्तीत बनेका छन् । जिल्लाका धेरै ठाउँमा खेतमा लगाएको अन्न र तरकारी बाली बाँदरहरुले सखाप पार्न थालेपछि किसानहरु चिन्ती बनेका हुन् । मेलोली नगरपालिका वडा नं २ कर्पतमा बाँदरकाे आतँक बढेकाे स्थानीय एलबी चन्दले जानकारी दिनुभयो ।
उहाँका अनुसार खेतमा लगाएको गहुँबाली, बारीमा लगाएको तरकारी बाली बाँदरले सखाप पारेको छ । खेत र बारीमा लागएको अन्नबाली मात्रै नभइ बाँदरहरुले घरमा राखेका मकै समेत खाने गरेको स्थानीय चन्दले बताउनुभयो ।बाँदर घरसम्मै पुगेर क्षति गर्न थालेपछि अहिले धपाउन धौधौ परेको उहाँले बताउनुभयो । यसरी घरमै आएर बाँदरहरुले अन्नबाली सखाप पार्न थालेपछि अहिले किसान हैरान बनेका छन् ।
बर्खाकाे समयमा मकैबाली सखाप पारेका बाँदरहरूले अहिले खेतमा लगाएको गहुँ बाली तहसनहस पारेको सुर्नयाका किसान धाैल सिहँ धामीले बताउनुभयाे । बाँदरले अन्नबालीमा कलिलो अवस्थामै क्षति पु¥याउदा किसान चिन्तीत भएका छन् ।