बैतडीकाे शिवनाथमा माओवादी केन्द्रको सम्मेलन सम्पन्न, अध्यक्षमा साउद

बैतडी-नेकपा माओवादी केन्द्र बैतडीले जिल्लाको शिवनाथ गाउँपालिकामा पनि सम्मेलन सम्पन्न गरेको छ । बुधबार सम्पन्न सम्मेलनले गोरख सिहँ साउदलाइ अध्यक्षमा चयन गरेको हो । यस्तै उपाध्यक्षमा दिपक दयाल,प्रेम सिहँ साउद र राजेन्द्र दयाल चयन भएका छन् । सचिवमा लोकेन्द्र राम कोली, सहसचिवमा करन सिहँ धनाडी, कोषाध्यक्षमा बेलु तिरुवा सहित ५५ सदस्यीय कमिटी गठन गरिएको नेकपा माओवादी केन्द्र बैतडीका संयोजक प्रेम प्रकाश भट्ट (आदित्य)ले जानकारी दिनुभयो । उहाँका  अनुसार १० ओटा स्थानीय तह रहेकाे  बैतडीमा पञ्चेश्वर गाउँपालिका बाँहेक जिल्लाका सबै स्थानीय तहमा सम्मेलन सम्पन्न भइसकेको छ । भोली पञ्चेश्वर गाउँपालिकामा सम्मेलन गरिने बताइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.