बैतडीःटोल टोलमा गएर विद्यार्थी पढाउने निर्णय

असोज- ८ / बैतडीको दशरथचन्द नगरपालिकाले टोल टोलमा गएर  पठनपाठन गर्ने निर्णय गरेको छ । कोरोना भाइरस कोभिड १९ संक्रमणलाई मध्यनजर गर्दै विद्यार्थीहरुलाई विद्यालयमा उपस्थित नगराउने तर अप्रत्यक्ष विधिबाट पढाइ सञ्चालन गर्ने निर्णय भएको हो ।कोभिड १९ को संक्रमणबाट जोगिन नगरपालिकाले खुल्ला र दुर शिक्षाको माध्यम बाट पढाइ सञ्चालन गर्ने निर्णय गरेको नरगरपालिकाका शिक्षा संयोजक मोहन नाथले जानकारिदिनुभएको छ ।

कोरोना भाइसले विद्यार्थीहरुलाइ विद्यालयमै बोलाएर पठनपाठन गर्ने स्थीती नरहेपछि होर्मकका सिट र सो अध्यनका सामाग्री वितरण गरेर टोलटोलमा गएर विद्यार्थीहरुलाई पढाउने निर्णय भएको उहाँले बताउनुभयो । पाठ्यक्रम विकास केनद्रले पढाइ सञ्चालनका लागि जारीगरेको पाठ्यक्रम ढाँचा अनुरुप उपयुक्त लागेको विधीलाइ छनोट गरेर विद्यालय सञ्चालन नगरिकनै टोलमा गएर पढाइ सञ्चालन हुने बताइएको छ ।

कोरोना भाइस नियन्त्रण्मा नआएको अवस्थामा विद्यालयमै विद्यार्थि बोलाएर पठनपाठन गराउन सान्र्दभिक नुहने भन्दै शिक्षा संयोजक नाथले माहामारिबाट बच्न र बचाँउन टोल शिक्षानै उपयुत्त हुने बताउनुभएको छ । लामो समय देखि विद्यालय बन्द हुँदा विद्यार्थीहरुको पढाइमा बाधा पगेको भन्दै उहाँले अब विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुलेनै विद्यार्थीको पढाईका लागि सहज वातावरण सिर्जना गर्नुे नरउपप्रमुख मिना चन्दले बताउनुभयो ।

कोरोना संक्रमण फैलिनबाट जोगिन विद्यार्थीहरुलाई विद्यालय नबोलाएर पढाइ सञ्चालनको तयारी भइरहेको उहाँको भनाई छ । विद्यार्थीलाई टोलमै गएर पढाउने बातावरण सिर्जना गर्न जनप्रतिनिधी, व्यवस्थापन समिति, शिक्षक र अभिभाक संग समन्वय भइरहेको शिक्षा संयोजक नाथले बताउनुभएको छ । दरशथचन्द नगरपालिका भित्र ५२ सामुदायिक र १० संस्थागत विद्यालय रहेका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.