बैतडीका दुइ स्थानीय तह सिगास र शिवनाथ संकटग्रस्त क्षेत्र घोषणा

बैतडी-बैतडीका दुई स्थानीय तह संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सरकारले  बैतडीको सिगास गाउँपालिका र शिवनाथ गाउँपालिका सहित सुदूरपश्चिमका २० ओटा स्थानीय तहलाइ संकटग्रस्त क्षेत्र घोषणा गरेका हो ।

बैतडीका सिगास गाउँपालिका र शिवनाथ गाउँपालिका यस्तै दार्चुला दुहुँ गाउँपालिका र अपिहिमाल गाउँपालिका, डडेल्धुराका नवदुर्गा गाउँपालिका, अमरगढी नगरपालिका, आलिताल गाउँपालिका, गन्यापधुरा गाउँपालिका र परशुराम नगरपालिका रहेका छन् । यस्तै बझाङका थलारा गाँउपालिका, वित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी नगरपालिका गरी ४ स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

यस्तै डोटीका ५ स्थानीय तह दीपायल सिलगढी नगरपालिका, केआईसींह गाउँपालिका, आदर्श गाउँपालिका, जोरायल गाउँपालिका र सायल गाउँपालिका संकटग्रस्त क्षेत्र घोषणा भएका छन् । यस्तै बाजुराका २ स्थानीय तह हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिका संकटग्रस्त क्षेत्र घोषणा भएका छन् । संकटग्रस्त क्षेत्र घोषणा भएका स्थानीय तहमा पुनःनिर्माण र पुनःस्थापनाको काम, घर, सडक र अन्य भौतिक संरचना निर्माणको काम हुने बताइएको छ ।  सरकारले देशभरीका ३३ स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरेकाे  छ ।  ती मध्ये सुदूरपश्चिमका ६ जिल्लाका २० स्थानीय तह रहेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.