नेकपा एकीकृत समाजवादी पाटन नगरपालिकाको अध्यक्षमा लोकेन्द्र विष्ट

बैतडी-नेकपा एकीकृत समाजवादी पार्टि (एस) पाटन नगरपालिकाको अध्यक्षमा लोकेन्द्र विष्ट चयन भएका छन् । शनिबार पाटन नगरपालिका वडा नं ६ मा रहेको महिला विकास हलमा सम्पन्न प्रथम नगर अधिवेशनले लोकेन्द्र विष्टको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन गरेको हो ।

यस्तै उपाध्यक्षमा प्रदिप बाेहरा , राम भुल, सचिवमा गणेश पन्त, सहसचिवमा रितु भट्टराइ, शिव राज भट्ट र हरिना भट्ट सर्वसम्मत चयनभएका नेकपा एकीकृत समाजवादी पार्टि बैतडीका जिल्ला कमिटी सदस्य दिनेश प्रशाद भट्टले जानकारी दिनुभयो । नेकपा एकीकृत समाजवादी बैतडी अहिले पालिकाहरुमा अधिवेशन सम्पन्न गरेर नेतृत्व चयनमा जुटेको छ । अहिले सम्म ६ स्थानीयतहमा कमिटी गठन भइसकेको बताइएको छ ।

जिल्लाको दशरथचन्द नगरपालिका, पुर्चौडी नगरपालिका , मेलौली, दोगडा केदार गाउँपालिका, पाटन नगरपालिका र सुर्नया गाउँपालिकामा अधिवेशन सम्पन्न गरेर एसले नेतृत्व चयन गरिसकेको   जिल्ला कमिटी सदस्य  भट्टले बताउनुभयाे । एसले दशरथचन्द नगरपालिकामा दिनेश सिहँ ठगुन्ना, मेलौली नगरपालिकामा भिम दत्त भट्ट, पुर्चौडी नगरपालिकामा रमेश बोहरा, दोगडाकेदार गाउँपालिकामा लक्ष्मी दत्त जोश र सुर्नया गाउँपालिकाकामा दिनेश प्रशाद भट्ट र पाटनमा लोकेन्द्र विष्टलाइ अध्यक्षको अभिभारा प्रदान गरेको छ । बाँकी स्थानीय तहहरुमा पनि छिट्टै कमिटि गठन गरिने जनाइएको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.