बैतडीमा मानसिक स्वास्थ्य विशेषज्ञ शिविर सम्पन्न, ५२ जनाले सेवा लिए

बैतडी- बैतडीमा मानसिक स्वास्थ्य विशेषज्ञ शिविर सम्पन्न भएको छ । जिल्लाको मेलौली नगरपालिका ७ मा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक दिने मानसिक स्वास्थ्य विशेषज्ञ शिविर सम्पन्न भएको हो ।

स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा सञ्चालन भएको एक दिने मानसिक स्वास्थ्य विशेषज्ञ शिविरबाट ५२ जनाले सेवा लिएका केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिनुभयो ।

शिविरमा चेकजाँच , औषधी वितरण र परार्मश सेवा प्रदान गरिएको उहाँले बताउनुभयो । शिविरमा २७ जना महिला २५ जना पुरुषले सेवा लिएका बताईएको छ । नजिकका स्वास्थ्य केन्द्रहरुमा मानसिक स्वास्थ्य विशेषज्ञ शिविर सञ्चालन भएर सेवा पाउँदा नागरिकहरु खुसि भएका केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक दयाल बताउनुभयो ।

आफ्नै गाउँठाउँ र पायक पर्ने स्थानमा शिविर सञ्चालन हुुँदा सेवा लिन सहज भएको र यसबाट हामिहरुलाइ निकै राहत मिलेको मानसिक स्वास्थ्य समस्याभएका आफ्नतहरुको भनाई छ । बैतडीको ग्रामिण भेगबाट टाढा टाढा गएर सेवालिने र सेवा लिनबाटनै बञ्चीत मानसिक स्वास्थ्य समस्या भएका नागरिकहरुलाइ गाउँघरमै सञ्चानल यस्ता शिविरबाट निकै राहत मिलेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.