बैतडीमा फोटोसहितको मतदाता नामावली संकलन भाेलीबाट

बैतडी-बैतडीमा पनि फोटोसहितको मतदाता नामावली संकलन सुरु हुँदै छ । भोली शुक्रबारबाट जिल्लाका ५ स्थानीयतहमा फोटोसहितको मतदाता नामावली संकलन कार्य सुरु हुन लागेको हो । भोली देखि जिल्लाको डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिका पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र पुर्चौडी नगरपालिकामा फोटोसहितको मतदाता नामावली संकलन कार्य सुरु हुने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

यस्तै दोस्रो चरणमा मंसिर २८ गतेदेखि पुस ८ गतेसम्म दोगडाकेदार, सुर्नया, शिवनाथ गाउँपालिका र पाटन नगरपालिकामा सञ्चालन हुने जनाउदै जिल्ला निर्वाचन अधिकारी माधव फुँयालले दशरथचन्द नगरपालिकाको हकमा जिल्ला प्रशासन कार्यालयमै फोटो सहितको मतदाता नामावली संकलन गरिने बताउनुभयो । १६ बर्ष उमेर पूरा भइ नेपाली नागरिकता प्राप्त गरेका नागरिकलाई सम्बन्धित पालिकाको केन्द्रमा गएर फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरिएको छ ।

मतदाता नामावलीमा नाम दर्ता गराउन जादा नेपाली नागरिकताको सक्कलै प्रमाणपत्र लगेर जानु पर्ने छ । बैतडीमा हालसम्म १ लाख ४५ हजारभन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.