दार्चुलाको अपिहिमालले बाँड्याे १३ सय घरधुरीलाई ग्यास सिलिण्डरसहित चुल्हो
बैतडी – दार्चुलाको अपिहिमाल गाउँपालिकाले गाउँपालिकाभरीका १३ सय घरधुरीलाई ग्यास सिलिण्डरसहित चुल्हो वितरण गरेको छ । चालु आर्थिक बर्ष २०७८/०७९ को स्वच्छ अपि, धुँवामुक्त अपि कार्यक्रम अन्तरगत पालिकाकाे छ वटै वडाका सबै परिवारलाई ग्यास सिलिण्डर र चुल्हो सेट वितरण गरिएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकाले निःशुल्क ग्यास सिलिण्डर र चुल्हो वितरण गरेको हाे । ग्यास सिलिण्डरसहित चुल्हो सेट पाएपछि निकै खुसी लागेको स्थानीयहरूकाे भनाइ छ। बनजंगल बिनास भइरहेको बेला गाउँपालिकाले ग्यास सिलिण्डर वितरण गरेपछि बन संरक्षण हुनुका साथै दाउँरा र धुँवाको झन्झट हट्ने विश्वास गरिएकाे छ ।