दशरथचन्द बिद्यार्थी समाज कैलालीद्वारा अपाँगता भएका व्यक्तीहरुलाई खाद्यन्न सहयोग

बैतडी–असोज ७ / दशरथचन्द बिद्यार्थी समाज कैलालीले सामाजिक सेवा दिवसका अबसरमा नेपाल अपांगता खगेन्द्र नबजीवन केन्द्रमा रहेका अपागंता भएका ब्यक्तिहरुलाई खाद्यन्न सहयोग गरेको छ । “सामाजिक क्षेत्र राष्ट्रको गौरब, आजको प्राथमिकता समृद्धि र शुसासनका लागी सामाजिक रुपान्तरण र उद्यमशिलता ” भन्ने नाराका साथ मनाईएको ४१ औं सेवा दिवसका अबसरमा केन्द्रमा रहेका ५ जना अपांगता भएका ब्यक्तिहरुलाई खाद्यन्न, साबुन र फलफुल बितरण गरेको दशरथचन्द बिद्यार्थी समाज कैलालीका उपाध्यक्ष जगदीश भट्टले जानकारी दिनुभयो ।

सेवा दिवसको अबसर पारी खगेन्द्र नबजीवन केन्द्रले संरक्षण दिईरहेका अपागं ब्यक्तिहरुलाई थोरै मात्रामा भए पनि राहत पुगोस भन्ने उदेश्यले खाद्यन्न सामाग्री बितरण गरिएको उहाँले जानकारी दिनुभयो । खाद्यन्न बितरण कार्यक्रममा दसरथचन्द बिद्यार्थी समाज कैलालीका अध्यक्ष जय बहादुर कुवँर, महासचिब सन्तोष पन्त, उपाध्यक्ष भट्ट लगायत अन्य पदाधीकारीहरुको सहभागीता रहेको थियो ।

यस्तै समाजले केन्द्रको परिसर वरिपरी सरसफाई पनी गरेको छ । समाजले बिगतका दिनहरु देखि नै बिभिन्न सामाजिक कामहरु गर्दै आएको छ । यस्तै अमर सहित दशरथचन्दका नामले कैलालीमा रहेका बैतडीका युवाहरुले स्थापना गरेको उक्त समाजले संस्कृति संरक्षणका लागी पनी बिभिन्न कार्यक्रम गर्ने योजना बनाएको उपाध्यक्ष भट्टले जानकारी दिनुभयो । बैतडी जिल्लाको संस्कृतिसगं प्रत्यक्ष सरोकार राख्ने र संर्बद्धनका लागी कार्यक्रम गर्ने योजना रहेको उहाँको भनाई छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.