बैतडीःदनपा २ मा नेकपा माओवादी केन्द्रको सम्मेलन सम्पन्न, अध्यक्षमा नारायण लुहार

बैतडी –बैतडीमा नेपाल कम्युनिष्ट पार्टि नेकपा माओवादी केन्द्रले वडा तहमा नेतृत्व चयनमा तिब्रता दिएको छ । मंसिर ४ गतेबाट वडा तहमा अधिवेशन सम्पन्न गरेर नेतृत्व चयनमा जुटेको नेकपा माओवादी केन्द्र बैतडीले शुक्रबार दशरथचन्द नगरपालिका वडा नं २ मा नेतृत्व चयन गरेको छ ।

शुक्रबार संविधान सभा सदस्य एवँ नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रेणु चन्द, पार्टिका जिल्ला संयोजक तथा प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट (आदित्य), अखिल नेपाल महिला संघ क्रान्तीकारी केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इन्चार्ज स्वेता भट्ट लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा दशरथचन्द नगरपालिका वडा नं २ मा नेतृत्व चयन गरिएको माओवादी केन्द्र दशरथचन्द नगरकमिटी सचिव एवँ युवा नेता गोपाल बहादुर बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार दशरथचन्द नगरपालिका वडा नं २ को वडा कमिटी अध्यक्षमा नारायण लुहार सर्वसम्मत चयन भएका छन् । यस्तै उपाध्यक्षमा मनिषा लाबड , सचिवमा बिर सिहँ रावत , सहसचिवमा महेश लाबड र कोषाध्यक्षमा मनिषा कार्की बोहरा सहित ३१ सदस्यीय वडा कमिटी गठन गरिएको बताइएको छ ।

अहिले नेकपा माओवादी केन्द्र बैतडीले जिल्लाका ८४ ओटै वडामा नेतृत्व चयन गरिएको छ । माओवादी केन्द्रले मंसिर ११ मा पालिका र २५ मंसिरमा सातै प्रदेशमा अधिवेशन गर्ने जनाएको छ। प्रदेशको सम्मेलनपछि आगामी पुस ११–१३ उक्त पार्टीको राष्ट्रिय सम्मेलन हुनेछ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.