बाजुरामा पनी बिद्यालयहरु सञ्चालन हुन थाले

बैतडी–असोज ७ / बाजुरामा पनी लामो समय बन्द रहेका बिद्यालयहरु सञ्चाँलन हुन थालेका छन । कोरोना महामारीका कारण बिद्यालय बन्द भई पठनपाठन ठप्प रहेको अबस्थामा संक्रमणबाट बच्ने आबश्यक सुरक्षाका मापदण्डहरुको पालना गर्दै बिद्यलायहरु सञ्चालन हुन थालेको बडीमालिका नगरपालिका ८ मा रहेको मालिका माध्यमिक बिद्यालयका ब्यबस्थापन समिति अध्यक्ष एबंम सामुदायीक बिद्यलाय ब्यबस्थापन समिति महासंघ नेपाल, सुदुरपश्चिम प्रदेश समिति सदस्य दीर्घ राज पाध्यायले जानकारी दिनुभयो ।

कोरोना महामारी कायमै रहेको अबस्थामा सामाजिक दुरी कायम, मास्कको अनिबार्य प्रयोग लगायतका मापदण्डहरु पालना गरी बिद्यालयहरु सञ्चालन भईरहेको उहाँले बताउनुभयो । जिल्ला स्तरीय शिक्षा समुहले लामो समयदेखि पठनपाठन बन्द हुदा बिद्यार्थीहरुमा नकरात्मक प्रभाब परेकोले पठनपाठन सञ्चालन गर्ने निर्णय गरे पछि बिद्यालयहरु सञ्चालन हुन थालेका हुन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.