काङग्रेस बैतडीको अधिवेशन : एक उपसभापती बाहेक चन्द प्यानलका सबै उमेदवार विजयी

बैतडी-मंसिर ०८/ नेपाली काङग्रेस बैतडीको जिल्ला सभापतीमा चतुर बहादुर चन्द विजयी भएका छन् । मगंलवार सम्पन्न जिल्ला अधिवेशनबाट चन्द ८ सय ९ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी शिव राज भट्टले ४ सय ८९ मत मात्रै प्राप्त गरेका छन् । अधिवेशनमा १ हजार ४ सय ९ जना प्रतिनिधिमध्ये १ हजार ३ सय ४८ मत खसेको थियो । भट्ट प्यानलका एक जना उपसभापती बाहेक अन्य सबै पदहरुमा चन्द प्यानलकै उमेदवारहरु विजयी भएका छन् । भट्ट प्यानलबाट उपसभापतीका उमेदवार बनेका बिर बहादुर बिष्ट ६ सय ५८ मतका साथ विजयी भएका हुन् । यस्तै चन्द प्यानलका खगेन्द्र सिह धामी ६ सय २४ मतका साथ उपसभापतीमा विजयी भएका हुन् । भट्ट प्यानलका पराजित उपसभापतीका उमेदवार हरि सिह धामीको ५ सय ५२ मत मात्र रहेको छ भने चन्द प्यानलका रमेश दत्त पाण्डेयको ६ सय ८ मत मात्र रहेको छ । यस्तै सचिव पदमा चन्द प्यानलका प्रेमबहादुर चन्दले ६ सय ४० र देवराज जोशीले ६ सय ३३ मत प्राप्त गरी विजयी हासिल गर्दा भट्ट प्यानका सचिव पदका उमेदवार रमेश सिँह भण्डारीले ५सय ९५ मत र कणर् बहादुर बोहरा ५ सय २९ मत मात्र ल्याएर पराजित भएका छन् । यस्तै सहसचिवमा पदमा चन्द प्यानलका दिपेन्द्र बहादुर चन्द ६ सय ६६ मत र दशरथ सिँह चाड ६५४ मत ल्याएर विजयी भएका छन् । भने भट्ट प्यानलका घनश्याम भट्ट ५३० र रमेश कोली ५७४ मत ल्याएर पराजित भएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.