नेपाली काङग्रेसको प्रदेश प्रतिनिधिमा रिमबाट कार्की र साउँद चयन
बैतडी-मंसिर ०७/ बैतडीको दोगडाकेदार गाउँपालिका १ रिमबाट नेपाली काङग्रेसको आसन्न १४ औ महाधिवेशन अन्र्तगत प्रदेश प्रतिनिधिका रुपमा २ जना चयन भएका छन् । बैतडी प्रदेश सभा क्षेत्र (ख)को क्षेत्रिय अधिवेशनबाट ध्वज बहादुर कार्की र सुरेन्द्र बहादुर साउँद प्रदेश प्रतिनिधि चयन भएका हुन् । शनिवार सम्पन्न क्षेत्रिय अधिवेशनबाट कार्की ३ सय ३४ मत ल्याएर निर्बाचित भएका हुन् भने साउँद सर्वसम्मत रुपमा प्रदेश प्रतिनिधिमा चयन भएका हुन् । प्रदेश प्रतिनिधिका रुपमा निर्वाचित कार्की वडा नम्बर १ का वडाध्यक्ष समेत हुन् ।